दाङ । रोल्पाबाट घोराही आएको गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।
दुर्घटनामा रोल्पाको माडी गाउँपालिका(२ बस्ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका ४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया पत्नी हस्त डाँगी तथा परिवर्तन गाउँपालिका– ३ का ४६ वर्षीय भक्तबहादुर विकले जीवन गुमाएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार रोल्पाको शहीदमार्ग अन्तर्गतको बागमाराबाट घोराहीतर्फ आएको ना ५ ख २६१२ नम्बरको बस परिवर्तन गाउँपालिकामा मंगलबार दुर्घटनामा भएको हो । बस गाउँपालिकाको वडा नम्बर ७ स्थित ऋचि भन्ने ठाउँको घुम्तीमा सडकबाट करिब एक सय मिटर तल खसेको छ ।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले दुर्घटनाका घाइतेलाई उद्धार गरेर अस्पताल लगिएको जानकारी दिनुभएको छ ।ो उद्धारमा नेपाली प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । बसमा कति यात्रु थिए भन्ने एकीन भइसकेको छैन ।