काठमाडौं । बैतडी जिल्लाको तल्लो स्वराडको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीमा महिनावारी हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरी अनिता चन्दको सर्पले टोक्दा मृत्यु भएको छ।
स्थानीयका अनुसार अनिता महिनावारी भएको मंगलबार चार दिन पुगेको थियो । चार दिनदेखि उनी गाई–भैंसी बाँध्ने गोठमा सुत्दै आएकी थिइन्। राती सुतकै बेला अनितालाई सर्पले टोकेपछि आफन्तले वैद्य बोलाउन गएको समयमा उपचारनै नपाई उनको मृत्यू भएको हो ।
अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्ययनरत रहेको स्थानीयको भनाइ छ ।