काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव अर्को साता चीन जानु हुनेभएको छ ।
साउन ३१देखि भदौ ३ गतेसम्म चीनको कुन्मिङमा सातौं चाइना साउथ एसिया एक्पोजिसन हुँदैछ । उपराष्ट्रपति यादव त्यही कार्यक्रममा सहभागी हुन चीन जान लाग्नुभएको हो ।
उपराष्ट्रपतिको चीन भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । उपराष्ट्रपतिको चीन भ्रमण स्वीकृत भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभएको छ ।