तोलामा ७०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ ।

घटेको मूल्यसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम छ । पछिल्लो समय सुनको मूल्य लगातार चौथो दिनसम्म घटेको छ । साताको सोमबार १०० रुपैयाँ घटेको सुनको मूल्य मंगलबार ३०० रुपैयाँ र बुधबार १०० रुपैयाँले घटेको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेसँगै १ हजार ३८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us