पाकिस्तानको संसद भंग

एजेन्सी । पाकिस्तानको संसद भंग भएको छ । संसदको कार्यकाल १२ अगस्टमा समाप्त हुँदै थियो तर त्यसको तीन दिन अगाडि नै संसद भंग भएको छ। प्रधानमन्त्री शहबाज शरिफको सिफारिसमा राष्ट्रपति आरिफ अल्वीले बुधबार मध्यराति संसद भंग गर्नुभएको हो । संसद भंगको ९० दिनभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

संसद भंग भएलगतै मन्त्रिपरिषद पनि भंग भएको हो । अर्को कार्यबाहक प्रधानमन्त्री चयन नहुन्जेल अहिलेका प्रधानमन्त्री शहबाज शरिफ पदमा कायमै रहनेछन्।

तीन दिन भित्र नयाँ कार्यबाहक प्रधानमन्त्री चयन गरिने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । कार्यवाहक प्रधानमन्त्री चयन गर्नु अगाडि विपक्षी दलका नेता राजा रियाज र प्रधानमन्त्री शहबाज शरिफबीच छलफल हुने निर्णय भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us