मापदण्ड विपरित घर निर्माण हुँदा जोखिम बढ्दै

बर्दिया । बर्दियाको राजापुर नगरपालिका कर्णाली नदीको तटीय क्षेत्र हो । ठूलो बाढी आउँदा यहाँका बस्तीहरु डुवानमा पर्ने गर्दछन् ।

यसअघिका बाढीले कैयौं घरहरुमा क्षति हुनुका साथै भत्काएको थियो । नगरपालिकाले बलियो घर भवन निर्माणका लागि मापदण्ड बनाए पनि यसलाई कसैले वास्ता गरेको पाइँदैन ।

पछिल्लो समय राजापुर नगरपालिकामा भवन निमार्ण कार्य तीव्र रुपमा भइरहेका छन् । नगरपालिकाले भौतिक योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड २०७९ व्यवस्था गरेको छ । ऐनमा नगरपालिका क्षेत्रमा भवन निर्माण गर्ने अनुमति नलिइ कसैलेपनि भवन निर्माण गर्न हुदैन भन्ने व्यवस्था छ । तर अझै पनी मापदण्ड विपरित घरहरु निर्माण हुँदा जोखिम बढ्दै गएको छ । खासमा भवन निर्माणका लागी नगरको मापदण्ड अनुसार घर निर्माण गर्दा बलियो टिकाउ र भुकम्प प्रतिरोधी हुन्छ ।

घर निर्माण गर्दा नगरपलिकाको मापदण्ड अनुरुप बनाउनु पर्छ भन्ने कुराको जानकारी नपाएको भन्दै आफुले अभिलेखीकरण गराएको र पालिकाले नक्सापासका लागि व्यापक जनचेतना जगाउन आवश्यक रहेको बताउनुहुन्छ राजापुर नगरपालिका ४ का रेवति रमण आचार्य ।

नगरपालिकाले वडा कार्यलय मार्फत स्थानीय स्तरमा अनिवार्य भवन निर्माण मापदण्ड लागु गराउनुपर्ने बताउनु हुन्छ राजापुर -७ का बिष्णु वहादुर बम । घर निर्माण गर्दै गरेका बमले आफुले नक्सा पास नै नगरि घर निर्माण गरेको बताउनुभयो । अहिलेसम्म आफूलाई केहि जानकारी नभएको भन्दै यसमा नगरपालिकाले प्रचार्रसार गर्नु पर्ने बताउनुभयो । नगरपालिकाले मापदण्ड बनाएपनी सोचे अनुरुप नक्सा पास गर्न आउनेहरु नगन्य मात्रामा आएको भन्दै समुदाय स्तरमा व्यापक प्रचार प्रसारको खाँचो औल्याउनु हुन्छ । राजापुर नगरपालिकाका प्राबिधिक खेमराज चौधरीले नक्सापास नगरी र मापदण्डबिपरित घर भवन निर्माण भई रहेको पनि बताउनभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *