सुनको मूल्यमा गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ।

हिजो बिहीबार पनि सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

यो साताभरि भने सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले घटेको छ। आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १३ सय ८० रुपैयाँमा किनबेच भएको थियो। यो साताभरि भने चाँदीको भाउ तोलामा ५० रुपैयाँले घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *