सरकारले दियो बजार अनुगमन गर्न सबै जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । सरकारले बजार अनुगमन गर्न सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।  सरकारले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीहरूलाई निर्देशन दिएको हो । 

गृहमन्त्री बालकृष्ण खाणले अत्यावश्यक बस्तुमा मूल्यवृद्धि नगर्न, बिक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर्देशन दिनुभएको हो । मन्त्री खाणले गृहलगायत सरोकारवाला मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको हो । त्यसै अनुरुप गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर पठाउँदै प्रतिवेदन पठाउन निर्देशन दिएको छ । 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले व्यवसायीका समस्या भएमा सरकार संवादमार्फत् समाधान गर्न तयार रहेको तर समस्या देखाएर अभाव सिर्जना गरिएमा कानुन अनुसार कारबाहीका लागि अगाडि बढ्न सरकार बाध्य हुने बताउनुभएको छ । 

दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि भएको गुनासो बढेपछि गृह मन्त्रालयले आइतबारबाटै ७७ जिल्ला प्रशासन कार्यालयलाई बजार अनुगमन समितिमार्फत् अनुगमन गरी प्रतिवेदन पठाउन निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us