नक्कली भनेर पक्राउ परेका सक्कली डाक्टर यादव रिहा

काठमाडौं। प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका डाक्टर रञ्जितकुमार यादवलाई छोडेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नक्कली प्रमाणपत्र पेस गरेर डाक्टर बनेका भन्दै पक्राउ गरेका चौधरी सक्कली डाक्टर भएको पाइएपछि सोमबार उनलाई छाडिएको हो।

व्युरोका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार मेडिकल काउन्सिलले पत्र पठाएपछि चौधरीलाई छोडिएको जानकारी दिए।

महोत्तरीको पिपरा ८ घर भएका चौधरी बिहीबार पक्राउ परेका थिए। प्रहरीले एउटै नाम गरेका दुई डाक्टर रहेकाले त्रुटी हुन पुगेको बताएको छ। प्रहरीले त्यही नाम गरेका नक्कली डाक्टरको खोजी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us