३.६ अंकले घट्यो नेप्से

काठमाडौं। सोमबार सेयर बजारको परिसूचक नेप्से ३.६ अंक घटेर २०७७ अंकमा कायम भएको छ । त्यस्तै आइतबार ३ अर्ब १ करोडको धितोपत्र कारोबार भएकोमा आज कारोबार रकम घटेर २ अर्ब ९ करोडमा खुम्चिएको छ ।

कुल ६८ कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने ११ को स्थिर रहृयो । बैंकिङ ६.८, विकास बैंक १.१, उत्पादन ३७ र माइक्रोफाइनान्स १४ अंक बढे । फाइनान्स ५, होटल तथा पर्यटन ९२, जलविद्युत् ३६, जीवन बीमा ५, निर्जीवन बीमा १०६, अन्य १० र व्यापार उपसमूह ४१ अंक घटे ।थ्रीस्टार र अपर स्याङ्जे हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सीवाईसी लघुवित्तको मूल्य ७।४ प्रतिशत बढ्यो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स, सोल्टी होटल, घोराही सिमेन्ट, माछापुच्छ्रे बैंक र सानिमा बैंक क्रमशः अगाडि रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us