आज भारतले ७७औं स्वतन्त्रता दिवस मनाउँदै

काठमाडौं । भारतले ७७औं स्वतन्त्रता दिवस विविध कार्यक्रम मनाउँदै छ । ब्रिटिसबाट स्वतन्त्रता प्राप्त गरेको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ७७औं स्वतन्त्रता दिवसको अवसरमा देशवासीलाई बधाई तथा शुभकामना दिनुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमा सम्पूर्ण देशवासीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित लाल किल्लाबाट तिरंगा फहराउनुभएको छ भने राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो ।

‘तपाई सबैलाई स्वतन्त्रता दिवसको धेरै धेरै शुभकामना । यस ऐतिहासिक अवसरमा अमृतकलमा विकसित भारतको संकल्पलाई बलियो बनाउनुहोस् । जय हिन्द १’ प्रधानमन्त्री मोदीले ट्वीटरमा लेख्नुभएको छ ।

लाल किल्लामा भइरहेको विशेष कार्यक्रममा देशभरका करिब एक हजार ८ सय विशेष अतिथिको उपस्थिति रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारत सन् १९४७ को अगष्ट १५ मा बृटिश साम्राज्यबाट मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो । सोही मुक्तिको स्मरणमा आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका छन् । यस अवसरमा भारतको लालकिल्लामा विशेष समारोहको आयोजना गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us