काठमाडौं। राजश्व अनुसन्धान विभागको टोलीले काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबमा छापा मारेको छ। कर छली गरेको आशंकामा विभागले एलओडीमा छापा मारेको हो।
राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले एलओडीले सरकारलाई तिर्ने गरेको करबारे बुझ्न खोजेको बताए। हामीले उसको करको स्थिति हेर्न खोजेका हौं। अरू कुरा अनुसन्धानकै क्रममा छ,’ उनले भने।
त्यसक्रममा केही कागजातहरू पनि नियन्त्रणमा लिएको उनले बताए। विभागको टोली गत शुक्रबार राति एलओडी पुगेको थियो।