रवि लामिछाने र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच वुधबार पार्टी कार्यालय वनस्थलीमा भेटवार्ता भएको छ। उक्त भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले बताएको छ।

‘मुलुकको आर्थिक विकास, सुशासन र ग्रामिण विकासका विषयहरूमा छलफल भएको सो अवसरमा राजदूत सोङले उत्तरी सीमा क्षेत्रमा भएको समस्याप्रति ध्यानाकर्षण भएको र सोको यथासशीघ्र समाधानका पहल गरिने बताउनु भएकोछ,’ भेटबारे रास्वपाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सभापति लामिछानेले आफूहरू एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जनाएको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘भेटमा सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको समेत अवगत गराउनुभएको थियो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *