काठमाडौं । कतिपय मानिसहरु भने आफ्नो शरीरलाई फिट राख्न तथा स्वस्थ रहनका लागि दिनहुँ व्यायाम गर्ने गर्छन् । जिम जानेहरुलाई व्यायाम गर्दा के–के कुरामा सावधानि अपनाउनु पर्छ भन्ने कुरा जिम ट्रेनरले नै बताएका हुन्छन् ।
जिम गर्दा ध्यान दिनु पर्ने त्यस्ता स–साना धेरै कुरा छन्, जसले हाम्रो स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । जिम गरेको तुरुन्तै पानी पिउनु हुन्छ कि हुँदैन भन्ने प्रश्न प्रायः मानिसको हुन्छ ।
पानी पिउनु आवश्यक
मानव शरीर ७० प्रतिशत पानीले बनेको हुन्छ । पानीको कमी भयो भने हाम्रो शरीरले केही संकेत दिन्छ । शरीरमा पानीको कमी हुन्छ मुटु पोल्ने, टाउको दुख्ने, कम्मर दुख्ने, रिँगटा लाग्ने र कमजोरी महसुस हुन थाल्छ । जब हाम्रो शरीरमा पानी कम हुन्छ, तब प्यास लाग्न थाल्छ । शरीरमा पानीको कमी भएपछि शरीरको बाँकी अंगबाट पानी सोस्न थाल्छ र प्यासको रुपमा संकेत दिन्छ । यस प्रकारको स्थिति नआओस् भन्नाका लागि हामीले नियमित रुपमा पानी पिइराख्नु पर्छ ।
जिम गर्दा क्रममा पानी पिउन हुन्छ ?
जिम गर्दा शरीरमा अत्यधिक उर्जाको आवश्यकता हुन्छ । व्यायाम गर्दा शरीरबाट पसीनाको रुपमा पानी निस्कन्छ । पानी निस्कनाले हामीलाई प्यास लाग्छ । तर, त्यस्तो समयमा पानी पिउनु हुन्छ ? भन्ने प्रश्न उठ्न सक्छ । विशेषज्ञका अनुसार व्यायाम गरेलगत्तै हामीले पानी पिउनु हुँदैन । किनभने त्यो समयमा हाम्रो शरीरको तापक्रम बढेको हुन्छ । यदि त्यो समयमा हामीले पानी पियौँ भने हाम्रो शरीरका केही अंगहरुमा नोक्सान पुग्न सक्छ । त्यसैले हामीले केहि विशेष कुरामा ध्यान दिनु पर्छ ।
जिम गरेपछि केही क्षण आराम गर्नु पर्छ ।
पसीना सुकेपछि मात्र अन्य गतिविधिमा लाग्नु पर्छ ।
जब शरीरको तापक्रम कम हुन्छ अथवा गर्मीको महसुस कम हुन्छ, त्यसपछि मात्र पानी पिउनु पर्छ ।
हतारिएर पानी पिउनु हुँदैन ।
अत्यधिक प्यास लागेता पनि विस्तारै–विस्तारै पानी पिउनु पर्छ ।
पानी पिउँदा सधैँ आरामसंग बसेर पिउनु पर्छ ।
उभिएर पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
जिम गरेको एकदेखि दुई घण्टासम्म फ्रिजमा राखिएको चिसो पानी पिउनु हुँदैन ।
पानी पिउँदा थोरै नुन र चिनी मिसाउनु उपयुक्त हुन्छ ।
यसो गर्दा पसीनासंग निस्केको इलेक्ट्रोलाइट्स भरपाई हुन्छ ।
पानीलाई विस्तारै एक– एक घुट्को गरि पिउनाले शरीर र पानीको तापक्रम समान हुन्छ ।