कैलालीस्थित भीमदत्त राजमार्ग ६ घण्टाका लागि बन्द हुने 

धनगढी। सूदुरपश्चिम प्रदेशको कैलालीस्थित भीमदत्त राजमार्ग आजदेखि ६ घण्टाका लागि बन्द हुने भएको छ ।

राजमार्ग गएको साउन २२ गते आएको  पहिरोका सडक भाँसिएको छ । भाँसिएको ठाउँमा मर्मतका लागि राजमार्ग गोदावरी नगरपालिका- ४ को बूढीतोलामा दिउँसो १२ देखि साँझ ६ बजेसम्म बन्द गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख हरी सुवेदीले जानकारी दिनुभएको छ ।

सडक डिभिजन प्रमुख सुवेदीका अनुसार  सडकको पहिरो हटाएर सवारीसाधन सञ्चालन गरिएपनि हिलो र पानी बग्ने क्रम नरोकिएकाले मर्मत गर्न केही घण्टा सडक बन्द गर्न लागेको लागिएको हो । 

त्यस क्षेत्रमा गाडी चलेपनि हिलोका कारण फस्ने समस्या देखिएकाले जाली राखेर मर्मत गरिने तथा निरन्तर बगिरहेको पानीलाई पाइपमार्फत निकास दिने तयारी भइरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us