गठबन्धनको निरन्तरता अहिलेको आवश्यकता हो : अध्यक्ष नेपाल

कैलाली । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनका दलहरुलाई हित हुने गरी चुनावी गठबन्धनको तयारी गरिरहेको बताउनुभएको छ ।

समावजादी प्रेस संगठन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले गठबन्धनको निरन्तरता अहिलेको आवश्यक्ता भएकाले त्यसै अनुसार अगाडी बढिरहेको बताउनुभएको हो ।

नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई इंगित गर्दै प्रतिगामीहरुलाई परास्त गर्न गठबन्धन आवश्यक रहेको बताउनु भयो । देशमा लोकतन्त्रको रक्षाका लागि सत्ता गठबन्धनका दलहरुले एक भएर जानुको बिकल्प नभएको उहाँको भनाइ छ ।

सत्ता गठबन्धननै चुनावी तालमेल गरेर अगाडी बढ्ने भएपछि प्रतिगामी तत्वहरु छटपटिएको नेपालको दावी छ । पार्टी प्रवेश कार्यक्रमका लागि सुदूरपश्चिम पुगेका नेपालले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us