काठमाडौं । मुलुकमा विप्रेषण (रेमिट्यान्स) विगतको तुलनामा बढ्दै गएको छ । आर्थिक वर्ष २०७९र८० मा मासिक औसत १ खर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार असार मसान्तसम्म १२ खर्ब २० अर्ब रुपैयाँ विप्रेषण नेपाल भित्रिएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आवमा तुलनामा रेमिट्यान्स २१.२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जानेहरुको संख्या पनि बढेको छ ।
विदेशको विभिन्न मुलुकमामा काममा जान गएको वर्ष ४ लाख ९७ हजार ७ सय ४ जनाले श्रम स्वीकृति लिएका थिए । नयाँ श्रम स्वीकृति लिनेको संख्या अघिल्लो आवको तुलनामा ४०.३ प्रतिशतले बढी हो । एक पटक गएर फर्केकाहरुले पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ७७ हजार २७२ रहेको थियो । पुनः श्रम स्वीकृति लिनेको संख्या भने भने अघिल्लो वर्षको तुलनामा १.८ प्रतिशत कम हो ।
विदेश जानेहरु बढेसँगै रेमिट्यान्स पनि वृद्धि भएको हो । विभिन्न मुलुकमा रहेका नेपालीहरुले पछिल्लो स्वदेशमा वैधानिक च्यानलबाट रकम पठाउने गरेका छन् । वैधानिक च्यानलबाट रकम पठाउने क्रम बढेपछि रेमिट्यान्स पनि वृद्धि भएको हो ।
मुलुकमा अमेरिकी डलरको रेमिट्यान्स पनि विगतमा भन्दा १० प्रतिशतले बढेको छ । अमेरिकी डलररेमिट्यान्स आप्रवाह १२. १ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड रुपैयाँ भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो वर्ष अमेरिकी डलर रेमिट्यान्स २.२ प्रतिशत थियो ।