शेयर बजारमा व्यापक गिरावट

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार १२.९३ अंकले घटेर १९९८ को विन्दुमा कायम हुन पुगेको हो ।

सोमबार सेयर बजारमा १ अर्ब ४० करोड ८९ लाख ८१ हजार रुपैंया कारोबार भएको छ ।आज नेप्सेमा कारोबार भएको २७२ कम्पनीको ४१ लाख ६३ हजार ८७२ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको १३ वटै उपसूचकमा राताम्मै भएको छ ।

सेयर बजारमा गिरावट मेन्छियाम हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ७.९९ प्रतिशतले घटेको हो । त्यसैगरी, हिमालयन पावर पार्टनरको ५.७७ प्रतिशत, एग्रीकल्चर बैंक डिबेञ्चरको ५.५९ प्रतिशत, भुगोल इनर्जी डेभलपमेन्टको ५.१६ प्रतिशत, बलेफी हाइड्रोपावरको ५.०४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *