मन्त्री सुदन किरातीलाई पितृशोक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । लामो समयदेखि बिरामी रहनुभएका उहाँका पिता हर्कबहादुर राईको निधन भएको हाे ।

किरातीका बुवा हर्कबहादुर विगत १४ वर्षदेखि प्यारालाइसिसबाट ग्रसित हुनुहुन्थ्याे । मन्त्री किरातीले सामाजिक सञ्जालमार्फत् बुवाको निधन भएको जानकारी दिनुभएकाे हाे ।

मन्त्री किरातीकी आमाको पहिले नै निधन भइसकेको थियाे ।

‘भखरै वुवाले छाडेर जानुभयो ! आमाले त पहिला नै छाडी जानुभो ! उप्रान्त वुवा आमा रहनु भएन। आज बाट हामी पूर्ण रुपमा टुहुरा भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन सारा नेपाली मेरो आमा बुवा हुन बाँकि जीवन उहाँहरुको सेवामा लगाउने छु । निशब्द छु। हार्दिक श्रध्दाञ्जलि बुवा !’ मन्त्री किरातीले सञ्जालमा लेख्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *