चन्द्रमामा अवतरण गर्ने तयारीमा भारतीय यान

काठमाडौं । भारतीय यान आज चन्द्रमामा अवतरण गर्ने  भएको छ ।  भारतले चन्द्रमामा पठाएको चन्द्रयान थ्री बुधबार साँझ अवतरण गर्ने जनाएको छ । चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको यानमा अहिलेसम्म कुनै समस्या नरहको र भारतीय समय अनुसार साँझ ६ बजेर ४ मिनेट जाँदा यानलाई अवतरण गराइने भारतीय अन्तरीक्ष संस्था इसरोले जनाएको छ । 

यानको सफल अवतरणका लागि गति ज्यादै सुस्त बनाइएको छ । चन्द्रमाको दक्षिणी भागमा यानलाई अवतरण गराउन लागिएको हो । चन्द्रयान थ्री सफल अतवरण भयो भने चन्द्रमाको दक्षिणी भागमा कुनै पनि यानको अवतरण पहिलो हुनेछ । अवतरणका लागि यानको गति प्रति सेकेण्ड एक देखि दुई मिटरमा सीमित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *