निर्माणाधीन पुल भत्किँदा १७ जनाको मृत्यु

काठमाडौं ।  भारतमा निर्माणाधीन पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ ।  पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जना मजदुरले जीवन गुमाएका हुन् ।  भत्किएको पुलको भग्नावशेषमा अझै धेरै मजदुर पुरिएको हुन सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

मिजोरमका प्रहरी अधिकारीका अनुसार पुल भत्किने बेलामा त्यहाँ ३५ देखि ४० कर्मचारी तथा मजदुर कार्यरत थिए । मिजोरमका मुख्यमन्त्री जोरामथन्गाले घटनाप्रति दुस्ख व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *