संघीय संसद् भवनबाट वाइरिङ तार चोरी गर्ने ६ जना पक्राउ

काठमाडौं। सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवनबाट वाइरिङ तार पटक पटक चोरी भएको खुलेको छ। विभिन्न मितिमा तार चोरी भएको खुलेपछि प्रहरीले केही कामदारलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।

अनुसन्धानमा कामदारहरूको मिलेमतोमा तार चोरी भएको खुलेको हो। ज्यामी पेसा गर्ने जीवनकुमार थारु, प्रेम थारु, रामबहादुर थारु, सञ्जय चौधरी र कवाडी कारखाना संचालक श्याम राय यादव र एक किशोरको सो प्रकरणमा संलग्नता देखिएको प्रहरीले जनाएको छ।

सिसिटिभी फुटेज लगायत प्रमाणले चोरी गरेको देखिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरिसकेको हो। उनीहरूले वाइरिङ तारबाट रबर निकालेर कवाडीलाई बिक्री गर्ने गरेका थिए।

१७३ रोपनी ८ आना अर्थात् ८८ हजार २ सय ७१ वर्ग मिटर क्षेत्रफलमा बन्न लागेको संसद् परिसरमा १२ वटा भवन निर्माण भइरहेको छ।

प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, (राष्ट्रिय सभा र प्रतिनिध सभाको बिचमा) कमन लवी, अति विशिष्ट व्यक्तिहरुको कार्यालय ,पुस्तकालय, संसदीय दलको कार्यालय भवन,संसदीय समितिको भवन, संसद् सचिवालयको भवन लगायत चमेना गृह, प्रेस छपाई भवन, पार्किङ तथा सुरक्षाकर्मीको भवन निर्माण हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *