द वेष्ट मिनिष्टर कलेज म्यानेजमेन्ट एण्ड आइटि एजुकेसन फियर २०२३’ शैक्षिक मेला सम्पन्न

काठमाडौँ । आठौँ संस्करणको ‘द वेष्ट मिनिष्टर कलेज म्यानेजमेन्ट एण्ड आइटि एजुकेसन फियर २०२३’ शैक्षिक मेला सम्पन्न भएको छ । अन्नपूर्ण होटलमा आयोजित एक समारहोहका बिच ‘द वेष्ट मिनिष्टर कलेज म्यानेजमेन्ट एण्ड आइटि एजुकेसन फियर २०२३’ शैक्षिक मेला सम्पन्न भएको हो ।

कार्यक्रममा ५० भन्दा बढि विभिन्न विषय पठनपाठन गराइरहेका म्यानेजमेन्ट एण्ड आइटि विषय सँग सम्बन्धित कलेजहरूको सहभागीता रहेको थियो । शैक्षिक मेलामा काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, गण्डकी विश्वविद्यालय लगायत अन्तराष्ट्रिय स्तरका विश्वविद्यालयहरू सँग सम्बन्धन प्राप्त कलेजहरूको सहभागिता रहेको थियो ।

विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विश्वविद्यालयसँग सम्बन्धन प्राप्त ५० भन्दा बढी कलेजहरूको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ ।

शैक्षिक मेलामा सहभागी कलेजहरूले नेपालमा म्यानेजमेन्ट सँगसँगै आइटि विषयको राम्रो स्कोप रहेको र विदेशमा भन्दा नेपालमै गुणस्तरीय शिक्षा दिनको लागि आफुहरू कटिबद्ध रहेको बताएका छन् । पछिल्लो समय नेपालबाट पढ्नको लागि विद्यार्थीहरू अधिकांश विदेसिएकाले नेपालको शिक्षामा विद्यार्थीहरूको लगानी मात्र भएको र कमाई नभएको प्रति चिन्ता र चासो व्यक्त गरेका छन् ।

त्यस्तै, शैक्षिक मेला आयोजक संस्था युनिभर्सल थ्रेड कन्सल्टका अध्यक्ष प्रकाश ढकालले, ‘कक्षा १२ उत्तिर्ण विद्यार्थीहरूलाई शैक्षिक गन्तव्य पहिचान गर्न सहज होस् भन्ने हेतुले शैक्षिक मेला आयोजना गरिएको बताउनुभयो ।’ ‘शैक्षिक मेलामा ५० भन्दा बढि विभिन्न विश्वविद्यालय सँग सम्बन्धन प्राप्त कलेजहरूको सहभागी रहेको ढकालले बताउनुभयो ।’

उहाँले शैक्षिक मेलामा करिव २५०० भन्दा बढि विद्यार्थी, अभिभावक सहित शिक्षक शिक्षिकाहरूको सहभागीता रहेको जानकारी दिनुभयो । म्यानेजमेन्ट एण्ड आइटि एजुकेसन फियरको यो आठौं संस्करण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us