गुल्मी। गुल्मी अस्पतालमा उपचारत एक बालिकाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडानम्बर ७ काउलेकी ७ वर्षीया प्रशंसा मरासिनीको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।
बालिकाको मृत्यु भएपछि आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै मृत्युको कारणको माग गर्दै प्रदर्शन गरेका छन् । बालिकालाई सोमबार उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो । सामान्य पेट दुखेर अस्पताल ल्याइएको बालिकाको दिउँसो वान्ता गरेपछि अस्पतालमा भर्ना गरिएको बिरामीका आफन्तले बताएका छन् । बालिकाको के कारणले मृत्यु भएको हो भन्ने बारेमा कारण पत्ता लागेको छैन् । बिरामीको मृत्युको कारण पत्ता नलागेको उपचारमा खटिएका चिकित्सको भनाइ छ ।