कंगोमा उग्रवादी मिलिसिया समूहले गरेको आक्रमणमा परी १४ जनाको मृत्यु

एजेन्सी । अफ्रिकी मुलुक कंगोमा उग्रवादी मिलिसिया समूहले गरेको आक्रमणमा परी १४ जनाको मृत्यु भएको छ । कंगोको गोबु गाउँमा प्रवेश गरेका हतियारधारी समूहले स्थानीयमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा १४ जनाको मृत्यु भएको जनाइएको छ । आक्रमणमा परी ९ जना सर्वसाधारण, चार आक्रमणकारी र एक सैनिकको मृत्यु भएको हो ।

मिलिसियाको आक्रमण लगत्तै पुगेका कंगोका सेना र मिलिसियाबीच दोहोरो गोली हानाहान भएको बताइएको छ । घटनामा दुई सैनिक र दुई सर्वसाधारण गरी ४ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेको छ ।

स्थानीयमाथि अन्धाधुन्ध गोली प्रहार गर्ने हतियारधारी समूह फरार भएका छन् । घटनाका बेला गाउँलेहरुले भागाभाग गरेका थिए । घटना लगत्तै गोबु गाउँ वरपरको सुरक्षा ब्यबस्था कडा तुल्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *