सेयर बजारमा गिरावट

काठमाडौं । मंगलबार सेयर कारोबार रकम ८६ करोड ५१ लाख रुपैयाँमा खुम्चिएको छ । यो कारोबार रकम ३ महिनायताकै न्यून हो । केही दिनयता कारोबार रकम खुम्चिँदै गएको छ । हिजो सोमबार ९८ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो भने आइतबार १ अर्ब २६ करोडको कारोबार भएको थियो ।

आज नेप्से परिसूचक भने अघिल्लो दिनको तुलनामा ५ अंक घटेर १९९३ मा कायम भएको छ । कुल ६९ कम्पनीको मूल्य बढ्दा १४४ को घट्यो भने १४ को स्थिर रहृयो । धेरैजसो उपसमूहका सूचक घटेका छन् ।

बैंकिङ २, विकास बैंक २१, फाइनान्स ४, होटल तथा पर्यटन ३५, जलविद्युत् ११, जीवन बीमा ५०, उत्पादन ३१, माइक्रोफाइनान्स ०।६ र अन्य उपमसमूह ३ अंक घटे । निर्जीवन बीमा ५ र व्यापार उपसमूह भने ०।८ अंक बढे । कुथेली बुकरी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । सेयर संख्या थोरै भएकाले यो कम्पनीको मूल्य उचालिएको छ ।

त्यस्तै आशा लघुवित्तको मूल्य ५।९, दोल्ती पावरको ५।८ प्रतिशत बढ्यो । स्वाभिमान लघुवित्तको मूल्य सबैभन्दा धेरै ४। ८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक, आईएमई लाइफ इन्स्योरेन्स, नेपाल टेलिकम, शिवम् सिमेन्ट र घोराही सिमेन्ट क्रमशः अगाडि रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *