अविरल वर्षासँगै खसेको पहिरोमा परी चार जनाको मृत्यु: ४८ जना बेपत्ता

एजेन्सी । चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानको लिङ्शान यी स्वायत्त क्षेत्रको जिनयाङ काउन्टीमा अविरल वर्षासँगै खसेको पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने अन्य ४८ जना बेपत्ता भएका छन् ।

राजमार्ग निर्माणस्थलमा पहिरो खसेको तर घटनाका सम्बन्धमा कुनै जानकारी नदिएको अभियोगमा निर्माण कम्पनीका चार जनालाई पक्राउ गरिएको प्रान्तीय आन्तरिक सुरक्षा विभागमा उपनिर्देशक युआन ग्याङले पत्रकार सम्मेलनमा बताउनुभएकाे छ।

नौ दिन अघि भएको उक्त घटनाको विवरण ढिलो उपलब्ध गराएकामा उहाँले निर्माण कम्पनीका कर्मचारीमाथि कारबाही गरिने बताउनुभएकाे छ ।

राजमार्ग निर्माणस्थलमा भएको उक्त दुर्घटनाको छानबिनमा खटिएको टोलीले पहिरो खसेका बेला उक्त स्थानमा दुई सय एक जना रहेका जनाएको छ । एक सय ४९ जना ज्यान जोगाएर भागेका थिए ।

प्रहरीले घटानको छानविन र बेपत्ता भएकाहरूको खोजी जारी राखेको उपनिर्देशक युआनले बताउनुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us