भीसी कार्यालयमा नेविसंघको हवन

काठमाडौं । सत्ताको ठूलो दल नेपाली कांग्रेसको भातृ संगठन  नेपाल विद्यार्थी संघले शिक्षा शुल्कवृद्धिको विरोधमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालय अगाडि हवन गरेको छ । 

नेविसंघले इन्जिनियरिङ शिक्षाको शुल्कवृद्धिको विरोधमा बुधबार भीसी कार्यालय अगाडि हवन  गरेको हो । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्कवृद्धि विरुद्ध र अनशनरत नेविसंघ नेता सुलभ चापागाईंको जीवन रक्षाका लागि भीसी कार्यालय अगाडि हवन गर्दै सांकेतिक विरोध गरिएको नेविसंघका केन्द्रीय सदस्य मदन उपाध्यायले नेपालले बताउनुभयो । 

‘बालुवाटारमा प्रधानमन्त्री निवास, पुलचोक क्याम्पसमा आन्दोलन गर्‍यौं’ विरोध कार्यक्रममा उहाँले भन्नुभयो –  हाम्रो निदाएको भिसी ब्यूँझनुपर्छ, उहाँको दिमागमा पोजेटिभ भाइब्रेट हुनुपर्छ, फी घटाउन उहाँले आनाकानी गरिरहनुभएको छ । उहाँलाई आज सन्देश दिनका लागि हामीले हवन गरेका हौं ।’ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us