सेयर बजारमा सामान्य अंकको बढोत्तरी

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य अंकले बढोत्तरी आएको छ । उक्त दिन बजार ५.०९ अंकले बढेर १९९८ को विन्दुमा कायम हुन पुगेको हो ।

सोमबार सेयर बजारमा ९८ करोड ८६ लाख २८ हजार रुपैंया कारोबार भएको छ । आज नेप्सेमा कारोबार भएको २७९ कम्पनीको ३६ लाख ७० हजार ७३१ कित्ता सेयर किनबेच भएको छ । आज नेप्सेमा रहेको नौ वटै उपसूचकमा हरियाली छाएको छ ।

आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी लक्ष्मी सनराइज बैंकको कारोबार भएको छ । आज कम्पनीको ७ करोड ८७ लाख ९५ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोल्टी होटलको ४ करोड ९८ लाख ७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन आइएमई लाइफ इन्स्योरेन्सको ३ करोड ८४ लाख ८८ हजार रुपैयाँ, घोराही सिमेन्ट इन्डस्ट्रीको २ करोड ५१ लाख ९८ हजार रुपैयाँ र शिभम् सिमेन्ट्सको २ करोड ४४ लाख ४३ हजार रुपैयाँको कारोबार भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *