काठमाडौं । बढ्दै गएको इन्टरनेटको प्रयोग र व्यस्त जीवनशैलीले पनि हाम्रो मानसिक स्वास्थ्यमा व्यापक असर गरेको देखिन्छ । इन्टरनेटको बढी प्रयोगका कारण मानिसहरुको मानसिक स्वास्थ्यमा परेको असरका कारण विश्वमा इन्टरनेट फास्टिङको अवधारणा समेत आइसकेको छ । अझ बालबालिकामा त इन्टरनेटको असर थाहानपाइकन नै डरलाग्दो बनिसकेको छ ।
काठमाडौं ।बढ्दै गएको इन्टरनेटको प्रयोग र व्यस्त जीवनशैलीले पनि हाम्रो मानसिक स्वास्थ्यमा व्यापक असर गरेको देखिन्छ । इन्टरनेटको बढी प्रयोगका कारण मानिसहरुको मानसिक स्वास्थ्यमा परेको असरका कारण विश्वमा इन्टरनेट फास्टिङको अवधारणा समेत आइसकेको छ । अझ बालबालिकामा त इन्टरनेटको असर थाहानपाइकन नै डरलाग्दो बनिसकेको छ ।
जब कुनै कुरा अति नै भएपछि त्यसको नियन्त्रण भन्दा बाहिर जान्छ र शारिरीक अस्वस्थता भएको बताइन्छ । मानसिक रुपमा अस्वस्थ्य हुनुका प्रमुख लक्ष्णहरु, एक्कासी आखाँमा छाया पर्नु, मुटुको धड्कन बढ्नु, श्वासप्रश्वासको गति तिव्र हुनुलाई मान्न सकिन्छ ।
यस्ता कतिपय अबस्थामा मानिसहरुलाई हृदयघात हो कि भन्ने भ्रम हुन्छ, तर पेनिक अट्याकको कारण पनि यस्तो समस्या देखिन्छ । अति व्यस्त र तनावपूर्ण जीवनशैलीले गर्दा पनि अहिले २५—४० उमेरसमूहका कामकाजी व्यक्तिहरुमा पनि यसका लक्ष्यणहरु देखिन्छ ।
के हो पेनिक अट्याक ?
अचानक कुनै कुराको मनमा डर पस्नु, लामो समयसम्म तनावग्रस्त रहने अथवा अत्यन्तै असहज हुन स्थितीलाई प्यानीक अट्याक भएको मानिन्छ । जुन परिस्थिती विषेशमा मुटुको धड्कनलाई असामान्य बनाइदिन्छ । यसको असर कहिले सामानय हुन्छ त कहिले निकै पेनिक डिसअर्डर या होसल फोबियाको रुप लिन्छ, जो एञ्जाएटी डिसअर्डरको नै एक रुप हो । यस्तो भएका बेलामा रक्त सञ्चार मा तलमाथि हुन्छ, शरिर काप्ने समस्या देखिन्छ ।
पेनिक अट्याक भएपछि यसको उपचारका भन्दा पनि यसबाट बच्ने उपाय खोज्नु पर्दछ। यसतो भएमा यसबाट बच्ने उपाय खोज्नु नै उत्तम हुन्छ । पेनिक डिसअर्डर भएका लक्ष्यण देखिएमा शुरुवात मै यस्ता उपाय अपनाउनुस् ।
१. तनावलाई आफुमाथि हावी हुन दिनु नै पेनिक अट्याकलाई निम्तो दिनु हो । यसबाट बच्नका लागि मानिसहरुसँग भेटघाट गर्ने , सामाजिक कार्यक्रममा सहभागि हुने, नयाँ नयाँ ठाउँ घुम्ने, र आराम गर्ने समय निकाल्ने गर्न सकिन्छ.।
२. जहिले सुकै पेनिक अट्याकको अनुभुति भएको खण्डमा आरामसँग एक ठाउँमा बसेर गहिरो सास लिने गर्दा शरीर र मुटुको धड्कन सामान्य गर्न मदत गर्दछ । छिटो छिटो सास फेर्नु शरीरलाई अफ्ठ्यारोमा पार्नु हो । लामो समयसम्म यस्तो गर्दा रक्तसञ्चार पनि निकै बढ्छ। जसले उत्तेजना बढाउन्छ । त्यसैले सबैभन्दा पहिले आफुलाई शान्त पार्नु पर्छ ।
३. जहिलै पनि यस्तो किसीमको समस्या भयो भने एक गिलास चिसो पानी पिउनुस् । यसले शरिर सामान्य स्थितीमा आउन्छ ।
४. मादकपदार्थ सेवन र निन्द्राको ओषधी प्रयोग गर्दा पनि पेनिक अट्याकको कारण हुन सक्छ । त्यसैले यस्तो बानीबाट टाढा रहने कोशिस गर्नुस् ।
५. यदि सधै बेचैनि भइरहन्छ त डाक्टरसँग सल्लाह लिनुस् ।
६. पेनिक अट्याकको उपचारमा थेरापीहरु बाहेक औषधी पनि प्रयोग गर्न सकिन्छ । अट्या पछि आफ्नो दिनचर्यामा परिवर्तन गरेर पनि यसको उपचार गर्न सकिन्छ ।
७. परिवारका अन्य सदस्यको राम्रो व्यवहारले पनि बिरामीको रोग निको हुन मद्धत गर्छ ।
दैनिक आठ घण्टा सुत्ने :
दैनिक आठ घण्टाभन्दा कम सुत्ने मानिसमध्ये धेरैमा मानसिक तनावको समस्या देखिएको एक अध्ययनले देखाएको छ ।
अमेरिकाको न्युयोर्कमा रहेको विघम्टन विश्वविद्यालयलले हालै गरेको एक अध्ययनले सो तथ्य पत्ता लागेको जनाएको थियो ।
सुत्ने समयावधि र मानसिक अवस्था बीचको सम्बन्धको तुलनात्मक अध्ययन गर्दा कम सुत्नेमा बढी मानसिक समस्या र चिन्ता देखिएको सो अध्ययनमा पत्ता लागेको हो । विश्वविद्यालयले अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा बढी सुत्ने मानिसमा भन्दा कम सुत्ने मानिसमा बढी नकारात्मक सोचाई पाइएको पनि उल्लेख गरेको छ ।
आठ घण्टा भन्दा कम सुत्ने मानिसहरुमा चिन्ता, कुन्ठा, तनाव र निराशा धेरै आउने गरेको सो विश्वविद्यालयद्वारा प्रकाशित मेडिकल जर्नलको पछिल्लो संस्करणमा छापिएको समाचारमा जनाइएको छ ।
त्यसैगरी सो अनुसन्धानले सुत्ने समयमा अनियमितता भएका मानिसहरुलाई ध्यान एकत्रित गर्न निकै गाह्रो हुने गरेको पाइएको पनि बताएका छन् । सुताई नपुगेका मानिसहरुमा आउने नकारात्मक सोचाईका कारण ध्यान एकत्रित गर्न पनि गाह्रो हुने गरेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।
अनियमित सुताई भएकाहरुमा नकारात्मक सोँचको विकास हुने गरेको र उनीहरुको जीवनमा नै नकारात्मक असर असर समेत पर्ने गरेको पाइएको समाचारमा जनाइएको छ ।