मेयर बालेनद्वारा चीन भ्रमण रद्द

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) ले आफ्नो चीन भ्रमण रद्द गर्नुभएको छ । मेयर साहले नेपालको चुच्चे नक्शा नसमेटेको भन्दै  चीन भ्रमण रद्द गर्नुभएको हो ।

मेयर साह चीन सरकारको निमन्त्रणामा पर्यटन प्रवर्द्धन तथा संस्कृति आदानप्रदानका लागि बिहीबार दिउँसो बेइजिङतर्फ प्रस्थान गर्ने कार्यक्रम थियो। tतर मेयर साहले चीन सरकारले हालै सार्वजनिक गरेको आफ्नो नक्शामा गर्दा नेपालको नयाँ नक्शा नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै भ्रमण रद्द गर्नुभएको हो। ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतमा देखाउनु हाम्रो संवेदनशीलता माथि चालेको गलत कदम मानेका छौ’ साहले  सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ –  त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय  गरेको छु ।’

नेपालले २०७७ साल जेठ ७  गते लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नयाँ नक्शा संसदबाट पारित गरेको थियो । नेकपा एमाले अध्यक्ष केपी ओली सरकारको पालामा संसदबाट पारित गरिएको नयाँ नक्शा  कार्यान्वयनमा  वर्तमान गठबन्धन सरकार भने उदासिन देखिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us