सोमबार नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौं। सोमबार नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनबारे छलफल गर्न बस्ने भएको छ । उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार सोमबार बस्ने बैठकको समय भने तय भैसकेको छैन ।

‘सोमबार बस्ने खबर आएको छ । समय तय भैसकेको छैन’, पाण्डेले भन्नुभयो ,‘ केन्द्रीय कमिटीको निर्णय कार्यान्वयनका सम्बन्धमा आवश्यक गृहकार्य गर्न बैठक बोलाइएको हो ।’

साथै सचिवालय बैठकमा आगामी माघमा तय भएको महाधिवेशनको तयारीका सम्बन्धमा पनि छलफल हुनुका साथै केही नेताहरूको जिम्मेवार हेरफेर समेत गर्ने तयारी छ । पार्टी छोडेर गएका नेताहरूको ठाउँमा अन्य नेतालाई जिम्मेवारी दिने सो पार्टीको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us