जबरजस्ती करणी गरेको अभियोगमा १ जना प्रकाउ

ललितपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका २ बस्ने ३६ वर्षीय सुजन नगरकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।

नगरकोटीले ती किशोरीलाई बिहीबार दिउँसो सोही नगरपालिका २ त्रिवेणीस्थित जङ्गलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us