बर्दिया कारागारबाट एक कैदी फरार

बर्दिया। बर्दिया कारागारबाट कर्तव्य ज्यान मुद्दामा विगत एक वर्षदेखि कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन्। ठाकुरबाबा नगरपालिका– ८ का २७ वर्षीय अजित बुढाक्षेत्री बर्दिया कारागारबाट फरार भएका हुन्।

उनी आइतबार बिहान करिब ३ बजे कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हाम फालेर फरार भएको बर्दिया कारागारका प्रमुख सन्तोष विकले बताए। उनका अनुसार बुढाक्षेत्री गत एक वर्षदेखि बर्दिया कारागारमा कैद भुक्तान गरिरहेका थिए।

बम
अनुसन्धानको क्रममा बुढाक्षेत्री कट्टु मात्र लगाएको अवस्थामा फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। फरार भएको जानकारी पाउना साथ जिल्लाका विभिन्न स्थान र सीमावर्ती क्षेत्रमा खोज तलासका लागि प्रहरी टोली परिचालन गरीएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधीरराज शाहीले फरार भएको थाहा पाउनसाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरीएको बताउनु भयो। उहाँले भारतीय नाका सिल गरी भारती प्रहरी र भारती सीमा सुरक्षा बलसँग समन्वय गरी हुलियासमेत पठाइएको जानकारी दिनुभयो। बर्दिया जिल्लाका छिमेकी जिल्लाहरूमा समेत हुलिया पठाएर खोजीकार्य गरेको उहाँले बताउनु भयो।

०७१ सालमा ठाकुरबाबा नगरपालिका– ८ कै जोरासिंह थापाको हत्याको अभियोगमा पक्राउ परेका थिए। अदालतमा बयान दिन जाँदा फरार भएका उनी गत वर्ष पक्राउ परी कैद भुक्तान गरिरहेका थिए। उनलाई अदालतले ३० वर्षको कैद सजाय फैसला गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us