प्रतिगमनकारीको विरुद्ध बनेको गठबन्धन कायम रहन्छ : ‘प्रचण्ड’

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिगमनकारीकाे विरुद्ध बनेको गठबन्धन कायम रहिरहने बताउनुभएको छ ।

महोत्तरीमा प्राविधिक शिक्षालयको उद्घाटन गर्दै आज (आइतबार) उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले देशभित्र तथा बाहिरका प्रतिक्रियावादीहरुले प्रतिगमनकारीको विरुद्ध बनेको गठबन्धनलाई भत्काउन खोजे पनि त्यो सफल नहुने बताउनु भयो ।उहाँले माओवादीले गरेका राम्रा कामको प्रचार गरेर स्थानीय तहको निर्वाचनमा घर-घरमा जानुपर्नेमा समेत जोड दिनुभएकाे छ । माओवादीले स्थानीय सरकारबाट समाजमा विकासको आधार तयार गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us