२९ अंकले घट्यो नेप्से

काठमाडौं। आज सेयर बजार परिसुचक नेप्से २९ अंकले घटेर १९६० को विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै १३ वटै उपसूचकमा रातो पोतिएको छ ।

आज नेप्सेमा ४० लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ६६ लाखको कारोबार भएको छ । आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ३.०३ प्रतिशतले घटेको छ । हाइड्रोपावर उपसूचक २.३३ र जीवन तथा निर्जीवन बीमा उपसूचक समान २ प्रतिशतले घटेका छन् ।

नेप्सेमा गिरावट आँउदा आज सोल्टि होटल र आइएमई लाइफको शेयरमा सबैभन्दा धेरै खरिदबिक्री भएकोछ । कम्पनीको आज ३ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

त्यस्तै, आइएमई लाइफको ३ करोड ७५ लाख रुपैयाँ, सिटि होटलको ३ करोड ४३ लाख रुपैयाँ, माछापुच्छे बैंक, एभरेष्ट बैंक, घोराही सिमेन्टस, शिवम सिमेन्टस, नबिल बैंक, हिमालयन डिष्टिलरी र ग्लोबल आइएमई बैंकको संस्थापक शेयर सबैभन्दा बढी खरिदबिक्री भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us