काठमाडौं । पहिलो पटक एसिया कपमा छनोट भएका नेपाली खेलाडीको हौसलाकै लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह श्रीलंका पुग्नुभएको छ । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगाएतका बिभिन्न व्यक्तिहरु पनि श्रीलंका पुगेका छन् ।
नेपाल र भारतबीचको एशिया कप खेलमा नेपाललाई हौसला प्रदान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ श्रीलंका पुग्नु भएको छ । सदस्य–सचिव घिसिङसँगै राखेपका सदस्य एवं पूर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान एल.बी क्षेत्री पनि श्रीलंका पुग्नुभएको छ ।