पोखरा–जनकपुर हवाई सेवा शनिबारदेखि सुरु

जनकपुर- पोखरा–जनकपुर हवाई सेवा शनिबारदेखि सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल बिहान साढे ११ बजे प्रथम यात्रीको रुपमा पोखराबाट जनकपुर अवतरण गरेका छन् ।  

जनकपुर–काठमाडौं हवाई सेवा मात्र सञ्चालनमा रहेको जनकपुर हवाई अड्डाबाट अब साताको तीन दिन बुद्ध एयरको बीच एयरक्राफ्ट पोखरासम्म सञ्चालन हुनेछ ।

१८ यात्री बोक्ने क्षमता भएको उक्त एयरक्राफ्ट सोमबार,बिहीबार र शनिबार विहान साढे ११ बजे जनकपुरबाट उड्ने छ ।नेपालका पुराना मध्येका जनकपुर हवाई अड्डाको लम्बाई १ हजार ३ सय मिटर तथा चौडाई ३० फिट छ ।

शनिबार भएको पहिलो उडानमा १६ जना यात्री पोखरा गएका छन् ।  आउँदो सोमबार हुने उडानका लागि सम्पूर्ण सिट बुक भइ सकेको छ । बीच एयर क्राफ्ट १८ सिट क्षमता भएको जहाज हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us