एकीकृत समाजवादीका उपमहासचिव खतिवडालाई मातृशोक

काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ । उहाँकी माता मालती खतिवडाको ८० वर्षको उमेरमा मंगलबार बिहान ९. ३० बजे निधन भएको हो । उहाँको उपचारको क्रममा टिचिङ अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

उहाँ ब्रेनस्टोकबाट पीडित खतिवडा केही सातादेखि उपचाररत हुनुहुन्थ्यो । उहाँका एक छोरा र तीन छोरी छन् । उहाँको मंगलबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us