काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा देउवा भारत भ्रमणमा जानुभएको हो ।
भारतको ३ दिने भ्रमण सकेर देउवा आइतबार साँझ स्वदेश फर्किनुभएको हो । भारत भ्रमणका क्रममा देउवाले भारतीय समकक्षी मोदीसँग एक्ला एक्लै वार्तासहित प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो । यसपालि पनि संयुक्त वक्तव्य नआएकोसम्बन्धी राखिएको जिज्ञासामा परराष्ट्र मन्त्री नारायण खड्काले दुबै पक्षले आ-आफूले विज्ञप्ति जारी गर्ने समझदारी भएअनुसार संयुक्त वक्तव्य नआएको बताउनुभयो।
मोदीसँगको भेटमा देउवाले सीमा समस्याको विषयमा समेत कुरा उठाउनुभएको थियो । देउवाको भ्रमणका क्रममा नेपाल र भारतबीच ४ वटा विषयमा सम्झौता समेत भएको छ । त्यसअघि भारतीय नाकाबन्दीपछि २०७२ फागुनमा प्रधानमन्त्री ओली भारत जाँदा भने संयुक्त वक्तव्य आएको थिएन। त्यतिबेला भारतले नेपालमा जारी भएको संविधानलाई स्वीकारेको थिएन।
प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा यसपालि संयुक्त वक्तत्व भने जारी भएन। नेपाली प्रधानमन्त्री भारत भ्रमणमा जाँदा संयुक्त वक्तव्य जारी गर्ने प्रचलन थियो। यसअघि २०७४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भारत जाँदा संयुक्त जारी भएको थियो।