काठमाडौं। खाना पकाउने ग्याँसको सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा सिन्धुपाल्चोकको बाह्रबिसेमा तीन जना बालबालिकाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वाराका मिनबहादुर तामाङको घरमा आइतबार बेलुकी ७ बजे ग्याँस सिलिण्डर पड्किएर घरमा आगलागी हुँदा उनका १० वर्षीय छोरा इशाक, कुमार तामाङका ६ वर्षीय छोरा सरगम र छिमेकी पदम तामाङका साढे २ वर्षीया छोरी दिव्याको मृत्यु भएको हो । आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आगलागीमा मीनबहादुर पनि घाइते भएका छन् । उनको उपचार जारी छ ।