काठमाडौं । सोमवार नेपाली बजारमा सुनको मूल्यमा ६ सय रुपैयाँको गिरावट आएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन ९आइतवार० यस्तो सुन प्रति तोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।