एमालेका तत्कालीन गाविस अध्यक्ष उप्रेती नेकपा एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । नेकपा एमालेका तत्कालीन गाविस अध्यक्ष दिनेश प्रसाद उप्रेती नेकपा एकीकृत समाजवादीमा समाहित हुनभएको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा नं १ का प्रभावशाली नेता उप्रेतीलाई अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराउनुभएको हो ।

उहाँ २०४३ देखि पञ्चायत बिरुद्दको जेल जीवन ,शिक्षक सङ्गठन हुँदै ,गाविस अध्यक्ष हुँदै नेकपा एमाले जिल्ला सचिवालय सदस्य समेत हुनुहुन्थ्यो । कम्युनिष्ट पार्टीमा देखिएको विकृति र निराशाले केही समय राजनीतिमा निष्क्रिय रहेपनि अब समाजवादीमा यात्रामा प्रतिबद्ध हुने उहाँले बताउनुभएको छ ।

उहाँले पार्टी प्रवेश गर्नुभएपछि लेखेको स्टाटसको पूर्ण अंश :

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा भिन्नताहरू,मतभेदहरू हिजो पनि थिए, तर आजको हदसम्मको तिक्तता थिएन। किनकि विचारमा भिन्नता भएपनि आन्दोलनका ध्येय र मिसनप्रति विश्वास थियो र एकअर्का फेरि एकैसाथ उठ्थे। तर आज त्यो विश्वास गुम्दै गएको छ। र यो सत्य हो जब बा वादको थालनी भयो तब पार्टीभित्र व्यक्तिबाद, रिस, र कुण्ठाहरू हावी भएका हुन। यो बिल्कुलै गलत बाटो थियो।

नेतृत्वको नीजि मामिलाका कारण आन्दोलन समाप्तिको बाटोमा जानु हुँदैन भनेर कम्युनिष्ट आन्दोलनलाई गन्तव्यमा पुर्याउनको लागि माधव कम्रेड तथा सच्चा कम्युनिष्टहरूले गर्नुभएका साहस इतिहास सावित हुनेछ। र सम्पूर्ण कम्युनिष्ट कार्यकर्ता र शुभेच्छुकहरूले सोच्नुपर्ने बेला आएको छ।

र मेरो २०४३ देखी ,पञ्चायत बिरुद्दको जेल जीवन ,शिक्षक सङ्गठन हुँदै ,गाविस अध्यक्ष देखी नेकपा एमाले जिल्ला सचिवालय हुँदै अएको कम्युनिष्ट यात्रा व्यक्तिगत जीवनमा तथा स्वास्थ्यमा केही उतारचढाव र पार्टीमा भएको विकृति प्रतिको निराशाले, केही समय निस्कृय भए ! फेरी नँया जोस,जाँगर साथ अब समाजवाद यो बाटोमा समाहित हुने निर्णाय गरेको छु। आन्दोलनको नेतृत्व बिचार र सिद्धान्त गर्ने हो । बिचार बिनाको आन्दोलन केवल हुल, हुज्जत र गफ मात्र हुन्छ। नेपाली बामपंथि तथा कम्युनिष्ट आन्दोलनको लक्ष्य र गन्तव्य एउटाै हो।

तर हिड्ने बाटो फरक भए, एउटा विधि, पद्धति ,सिद्धान्त त्यागेर व्यक्तिवादी सोच हावी हुँदै गर्ने यात्रा, र अर्को आफ्नो बिचार, सिद्धान्तलाई अत्मासाथ गर्दै गर्ने यात्रा, गन्तव्यमा को छिटो पुग्लान त्यो समयले बताउला! सधै आफ्नो सिद्धान्त र विचारमा अडिग रहिरहने,निडर ,यात्रामा कत्तिपनि बिचलित नहुने नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर तथा पूर्व प्रधानमन्त्री कम्रेड माधवकुमार नेपाल सँगको महत्वपूर्ण भेटघाट तथा छलफल।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us