चितवन क्षेत्र नम्बर २ मा मतगणना शुरु

चितवन । प्रतिनिधिसभा  सदस्यको  लागि भएको उपनिर्वाचनको चितवन क्षेत्र नम्बर २ मा मतगणना शुरु भएको छ ।  मत उद्योग संघको प्रदर्शनी केन्द्रमा गन्न थालिएको हो । 

मतगणनाबारे नियम र निर्णयको लागि सोमबार बिहान बसेको सर्वदलीय बैठकले मतगणना दिउँसो देखि शुरु गर्ने  सहमति गरेका थिए। सर्वदलीय बैठकको सहमतिपछि मत गन्न थालिएको हो ।  

चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ  लगायतका उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *