गायक अमृतको नयाँ गीत मृत्यु घाम र जुन सार्वजनिक

काठमाडौं । गायक अमृत आचार्य माइला गुरुको नया गीत मृत्यु घाम र जुन हालै सार्वजनिक भएको छ।अमृत आचार्य अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा अमृतकै लय शब्द संगीत तथा स्वर रहेको छ भने उनलाई कोरस गायनमा प्रेमा राना मगर तथा रुपी सिंजाली मगरले साथ दिएका छन्।

गीतले संसारका अन्य कुरा झुठा भए पनि मृत्यु घाम र जुन सत्य रहेको भाव दर्शाएको छ। प्रस्तुत गीत हिन्दुधर्म शास्त्र अनुसार कलियुगमा मानिसले गर्ने क्रियाकलापमा आधारित रहेको बताए।गीतमाथि बनेको भिडियोमा कलाकारहरु राजकुमार खनाल, शिभागीं अधिकारी र सविता कार्कीले अभिनय गरेका शिभागीं अधिकारी र सविता कार्कीले अभिनय गरेका छन्।

अशोक कुमार सापकोटाले निर्देशन गरेको भिडियोलाई मुकेश हुमागाईं तथा षन्तोस तिमल्सिनाले छायांकन तथा रोशन गाहा मगरले सम्पादन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us