उपेन्द्र यादवको फराकिलो अग्रता

बारा। प्रतिनिधिसभा सदस्यको रिक्त स्थान पूर्तिाको लागि  लागि भएको उपनिर्वाचनमा बारा २ मा सत्ता गबन्धनका साझा उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रतिस्पर्धिसँगको अन्तर फराकिलो पार्दे पानुभएको छ । 

जसपा अध्यक्ष यादवले अहिले ३ हजार भन्दा बढी मतले अग्रता लिइरहनुभएको छ ।  निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो परिणाम अनुसार यादवले ९ हजार ८ सय ७० मत प्राप्त गर्नुभएको छ । डा सीके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ६ हजार ७ सय ७१ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ३ हजार ७ सय मत पाउनुभएको छ । 

राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रमेश खरेलले १ हजार १ सय ७४ मत ल्याउनुभएको छ । आम आद्मी पार्टीका अरुणकुमार ज्ञवालीले ५ सय ८७ मत प्राप्त गर्नुभएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us