सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ९ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ४ सय रूपैयाँले बढेर एक लाख ९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ९ हजार रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य भने मंगलबार स्थिर रहेर १ हजार ४२० रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us