नयाँ ‘मिस्टर नेपाल’ को खोजी सुरु

काठमाडौं । नयाँ ‘मिस्टर नेपाल’ को खोजी सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्सले विज्ञप्ति जारी गर्दै मिस्टर नेपालको नयाँ संस्करण अर्थात् ‘मिस्टर नेपाल २०२३’ को आवेदन खुला भएको जनाएको छ ।

यो पटक मिस्टर नेपाल ‘न्यु लुक मिस्टर नेपाल’ को नामबाट आयोजना हुनेछ । विज्ञप्तिमा १६ वर्षदेखि ३२ वर्षसम्मका युवाहरूले आवेदन दिन सक्ने उल्लेख छ । प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ८ इन्च माथि उचाइ भएका नेपाली नागरिकले मात्र सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगिताको अडिसन वैशाख २९ गते दमकबाट सुरु हुनेछ । त्यसपछि ३० गते विराटनगर, ३१ गते जनकपुर, जेठ २ गते चितवन, ३ गते बुटवल, ६ गते पोखरा र १३ गते काठमाडौंमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वर्ल्ड २०२३’ वा ‘मिस्टर ग्लोबल २०२३’ मा नेपालको प्रतिनिधित्वको अलावा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् । प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us