काठमाडौं । पछिल्लो समय कोरोना भाइरस संक्रमण क्रमश बढिरहेको छ । स्वास्थ्य संस्थाहरुको रोकथाम प्रयास र नागरिकको सजकताकाे बाबजुत कोरोना बढेको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा फेरि एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको कारण जीवन गुमाउने १२ हजार २८ पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८२ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार ६ सय ३४ नमूना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमित ३ सय ६१ पुगेको छ ।
संक्रमित मध्ये २९ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये ५ जना आईसीयू र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा ६५ जनाले कोरोनालाई जितेका छन् ।