सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ९ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १ सय रूपैयाँले बढेर एक लाख ९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ८ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार ५ रूपैयाँले बढेर १ हजार ४१५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *